जापान,२५ पुस : ओखलढुंगा सेवा समाज,जापानको दोश्रो अधिबेशन सम्पन्न भएको छ । कोरोना भाइरसको कारण भौतिक उपस्थिति हुन नसकेपछि हिजो ( जनावरी,८ ) मा जुमबाट अधिबेशन बारे छलफल गरिएको थियो। अधिबेशनले नयाँ कार्य समितिको पनि चयन गरेको छ ।
नेत्रकला गुरुङ अध्यक्ष रहेको समितिमा फडिन्द्र पहाडी ब.उपाध्यक्ष,गोकर्ण धमला उपाध्यक्षमा चयन भएका छन । सचिबमा पुरन्जन नेपाल,सहसचिबमा घनश्याम दाहाल,कोषाध्यक्षमा छिरिङ तामाङ,सहकोषाध्यक्षमा प्रत्युस भुजेल चयन भएका छन । केन्द्रीय सदस्यहरुमा कृष्ण भट्टराई,धन थापा,सुधिर बस्नेत ( ज्ञान ),मन्जु दाहाल,हरि धमला,नीर ब.श्रेष्ठ,राजेश खत्री रहेका छन । संरक्षकमा सन्तोष बानियाँ चयन भएका छन।
" बिदेशी भुमिमा आएर अनेकौ संघर्ष गर्नु त छदै छ । त्यसमा पनि अनेकौं चुनौतीहरु समाल्दै सामाजिक काम गर्न सजिलो छैन । तर आफूले बिदेशी भुमिमा दु:ख गरेर पनि मातृ भुमिको लागी केही गर्न सकिन्छ भन्ने उद्देश्यले हामिले यो समिती गठन गराएका थियौ " अध्यक्ष नेत्रकला गुरुङले भनिन " ।
अंग्रेज़ी बर्ष २०२०, जनवारी १ तारिखमा पहिलो अधिबेशन गरी ओखलढुंगा सेवा समाज, जापानको स्थापना भएको थियो । समाजले २ वर्षको अवधिमा साना ठुला ३० वटा भन्दा बढि कार्यक्रमहरु मार्फत ज़िल्लालाई सहयोग गरि सकेको छ ।
"आगामी दिनहरुमा अझै प्रभाबकारीताका साथ काम गर्ने उदेश्यले दोश्रो अधिबेशन सम्पन्न भएको छ । नया जोस-जाँगर र सकारात्मक सोच भएको एउटा राम्रो ,गौरपूर्ण टीम बनेको छ । आशा छ यो टीमले बिगतको भन्दा धेरै राम्रो काम गर्ने छ " अध्यक्ष गुरुङले भनिन ।
नयाँ कार्य समितीका सम्पूर्ण सदस्यहरुलाई ठुलो नभई सानो सोचाइ राख्न र पवित्र सोचाइ राखेर काम गर्न समेत उनले अनुरोध गरेकी छिन ।
बिगत लामो समय देखि निरन्तर जिल्ला भित्रका आर्थिक रुपमा बिपन्न बर्गलाई सहयोग गर्दै आईरहेका समितिका सचिब पुरन्जन नेपालले समितिमा चयन भएपछि समाज सेवा गर्न अझै सजिलो भएको र थप जिम्मेवारी थपिएको बताएका छन ।
नयाँ समितिले २०२३ सम्म काम गर्ने र हरेक दुई-दुई बर्षमा अधिबेशन गरि नयाँ नेतृत्व चयन गरिने सचिब नेपालले जानकारी दिएका छन ।