काठमाडौं,७ मंसिर : ब्रम्हाण्डमा धेरै यस्ता रहस्यमय चिजहरु छन् जसको बारेमा वैज्ञानिकहरुले जान्ने कोसिस अनवरत रुपमा गरिरहेका हुन्छन् । यसैबीच वैज्ञानिकहरुले एउटा यस्तो तस्वीर हात पारेका छन् जसबाट सुर्यको बारेमा नयाँ जानकारी प्राप्त भएको छ ।
उक्त तस्वीर अमेरिकी अन्तरीक्ष संस्था नासाको हबल टेलिस्कोपले खिचेको हो । सुर्यको मृत्यु कहिले र कसरी हुन्छ भन्ने विषय प्रक्षेपण गर्न उक्त तस्वीर सहयोगी हुने वैज्ञानिकहरुको भनाई छ ।
सुर्यको मृत्यु कसरी होला ? यो एक महत्वपूर्ण प्रश्न हो जसका बारेमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरुका अनुसार सुर्य पनि एक तारा भएको हुँदा अन्य ताराहरु जस्तै भविष्यमा कुनै समयमा सुर्यको मृत्यु हुनेछ र ह्वाइट ड्वार्फमा बदलिनेछ । ह्वाइट ड्वार्फ निभिसकेको ताराको अवशेष हो जसको प्रकाश कम हुँदै अन्तिममा अँध्यारोमा परिणत हुन्छ ।
सुर्यको उत्पत्ति साढे ४ अर्ब पहिले भएको हो । यो हाइड्रोजन र हिलियम ग्याँसको एक तातो पिण्ड हो । सुर्यले आफ्नो जिवनकालको आधा उमेर पार गरिसकेको छ । सुर्यको व्यास करीब ८ लाख ६४ हजार माइल र सतहको तापक्रम करीब १० हजार डिग्री फरेनहाइट छ ।
कसरी हुन्छ सुर्यको मृत्यु ?
एनजीसी २४३८ (प्लानेटरी नेब्युला पनि सुर्यजस्तै एक ताराको अवशेष हो । यो पृथ्वीभन्दा करीब १३७० प्रकाश वर्ष टाढा छ । प्लानेटरी नेब्युला एक विशाल ग्यासको बादल हो । यो सुर्यजस्तै समाप्त हुने ताराहरुबाट निस्किन्छ । नासाले हालै उक्त प्लानेटरी नेबुलाको नयाँ तस्वीर सार्वजनिक गरेको छ ।
रिपोर्ट अनुसार सुर्यको हाइड्रोजन उसको जिवनकालको अन्तिम समयमा समाप्त हुन्छ । जसका कारण सुर्य अस्थीर हुन्छ र सेतो गोला अर्थात् ह्वाइट ड्वार्फको रुपमा समाप्त हुनेछ ।
वाशिङटनस्थित नासाको हबल टेलिस्कोपले खिचिएका तस्वीरमा विभिन्न रङ देखिन्छन्, जुन सनस्पट तथा अन्य घटनाहरुका कारण सुर्यको चमक अन्य ताराहरुको तुलनामा निकै कम सक्रिय रहेको प्रतित हुन्छ । यसबाट सुर्य बुढो हुँदै गइरहेको पुष्टि हुन्छ ।
सार्वजनिक गरिएको नेबुलाको तस्वीरमा रहेको नीलो रङको अर्थ अक्सिजन हो, हरियो हाइड्रोजन, सुन्तला रङ नाइट्रोजन र रातो सल्फर ।
नासाले सन् १९९० मा हबल टेलिस्कोप प्रक्षेपण गरेको थियो । त्यसलाई पृथ्वीको तल्लो कक्षमा पठाइएको थियो ।
नासाले हबल टेलिस्कोपले खिचेका अद्भूत तस्वीरहरु आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा समय समयमा सार्वजनिक गर्दै आएको छ । स्रोत : साइन्स अल्र्टडटकमबाट